मादी गाउँपालिकामा खानेपानीका लागि ग्रीन डेभलपमेन्टको सहयोग

पोखरा ।
पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेन्ट वैंक लिमिटेडले मादी गाउँपालिका ७ को खानेपानी उपभोक्ताका लागि टंकी प्रदान गरेको छ । स्थानीयलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले २ हजार लिटरका २ र हजार लिटरको १ टंकी लेखनाथ खानेपानी उपभोक्ता संस्थामार्फत् किन्न ६० हजार सहयोग गरिएको हो ।
सोमबार आयोजित कार्यक्रममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रकम हस्तान्तरण गरेका हुन् । बुढाथोकीले लेखनाथवासीलाई मात्र नभई आसपासका क्षेत्रमा समेत स्वच्छ पानीको व्यवस्थापनमा लेखनाथ खानेपानी उपभोक्ता संस्था सफल रहेको बताए ।
खानेपानी संस्थाका अध्यक्ष शर्माले बैंकसमेत जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने अभियानमा सहभागी भएकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा समेत सहकार्यको अपेक्षा गरे । बैंकले हाल कास्की, बागलुङ, म्याग्दी, तनहुँ र नवलपुरमा रहेका १६ शाखाबाट सेवा दिइरहेको छ ।








टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया