सिभिल बैंकका ग्राहकलाई पोखरा लिंकन कलेजमा १० प्रतिशत छुट

समाधान संवाददाता २०७९ साउन १७ गते १२:१९

पोखरा ।
सिभिल बैंकका ग्राहकले पोखरामा रहेको पोखरा लिंकन इन्टरनेसनल कलेजमा व्याचलर लेभलमा भर्ना गर्दा छुट पाउने भएका छन् । बैंकका तर्फबाट क्षेत्रिय प्रमुख समिर केसी तथा कलेजका तर्फबाट कार्यकारी निर्देशक राजकुमार गुरुङले सम्झौता हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार विद्यार्थीले भर्ना शुल्कमा १० प्रतिशत सम्म छुट पाउने व्यवस्था रहेको प्रमुख केसीले जानकारी दिए । यो सम्झौता आगामी १ वर्षसम्म लागु हुनेछ । डिजिटल पेमेन्ट मार्फत सेवा प्राप्त गर्न सकिनेछ । आगामि दिनमा कलेजले थप विषयमा छुट सेवा ल्याउने तयारी रहेको कलेजकी प्राचार्य पम्फा गुरुङले बताइन् ।

मलेसियाको लिंकन युनिभसिर्टिबाट सम्बन्ध प्राप्त, नेपालको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त कलेजमा बिबिए र बिएचएम अध्ययन हुदैं आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया