सिद्ध माविमा विद्यार्थीलाई बधाई

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १५ फलेपाटनस्थित सिद्ध माविले एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई बधाईसहित उच्च शिक्षाको शुभकामना दिएको छ । पोखरा १५ का वडाध्यक्ष तोरण बानियाँले विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै सिद्ध वडाको एकमात्र सार्वजनिक विद्यालय भएकोले यसको भौतिक, आर्थिक र शैक्षिक विकास तथा उन्नयनमा वडाले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेशबहादुर आलेले विद्यार्थीलाई बधाई दिँदै विद्यार्थीको शैक्षिक प्रगतिका लागि विद्यालय व्यवस्थापनले गर्नुपर्ने कार्य चुस्त, दुरुस्त गर्ने भन्दै विद्यार्थीलाई अन्त मन नडुलाउन आग्रह गरे । अबको लक्ष्य भनेको भविष्यको गोरेटो पहिचान गर्ने भएकाले गहन सोचका साथ अध्ययनमा तन, मन र धन लगाई अध्ययन गर्नुपर्ने बताए ।
प्रधानाध्यापक गुरुदत्त कोइराला, विव्यस सदस्य नारायणी गिरी, अर्का सदस्य पुष्कर सारु मगर, अभिभावकद्वय शालिकराम तिमिल्सिना र त्रिवेणी पौडेल, सहायक प्रधानाध्यापक जुना थापा, विद्यार्थीको तर्फबाट मेनुका जुग्जालले कार्यक्रममा बोलेका थिए । विद्यालयबाट यस वर्ष ५७ जनाले एसइई दिएका थिए ।







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया