तपोवन आश्रमलाई इनरह्विल क्लबको सहयोग

पोखरा ।
इनरव्हील क्लव अफ न्यूरोड पोखराले पोखरा महानगरपालिका २३ मा रहेका तपोवन आश्रमलाई सहयोग गरेको छ । सोमबार क्लबले आश्रममा खाद्यान्न, स्वास्थ्य सामाग्री तथा नगद हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष नारायणी बास्तोलाले क्लबको अध्यक्ष पदमा निर्वाचित भएपछि आफ्नो कार्यकालको सुरुवात धार्मिक स्थलबाट सुरु गर्न चाहेकाले आश्रममा सहयोग गरेको बताइन् । ‘आश्रम ओझेलमा रहेछ, हाम्रो सानो सहयोग ले थोरै भएपनि उहाँहरुलाई फाइदा पुग्नेछ भन्ने विश्वास छ’, उनले भनिन् । आश्रममा संस्कृत अध्ययन हुन्छ । त्यहाँ नेपालका विभिन्न स्थानबाट आएका १६ जना बटुक छन् ।
कार्यक्रमको अध्यक्षमा नारायणी बास्तोला थिइन्, कार्यक्रमको संयोजन क्लबका संस्थापक अध्यक्ष निर्मला मल्ल जोशीले गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा आश्रमका व्यवस्थापक पञ्चरत्न उपाध्याय अधिकारी थिए । गंगाकुमारी पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संञ्चालन बिमला पिया श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा १२ जनाको उपस्थिति थियो ।








एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया