म्याग्दीमा एकै परिवारको पाँच जनाको मृत्यु

समाधान संवाददाता २०७९ साउन १७ गते १८:२०

म्यादी ।

म्याग्दीमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका– २, रूमको तामेङमा मंगलबार बिहान करिब साढे ४ बजे खसेको पहिरोले एकै घरका पाँच सदस्यको मृत्यु भएको हो ।

एउटै घरका पाँच सदस्यको ो मृत्यु भएको र अर्को घरका दुई सदस्य घाइते भएको प्रहरीले जानकाएको छ । पहिरोमा परी ३८ वर्षीय घामबहादुर विक, उनकी श्रीमती ३४ वर्षीय राममाया विक, छोरा १५ वर्षीय नवीन विक, ३ वर्षीय छोरा राजन विक र ७ वर्षीय छोरी अस्मी विकको मृत्यु भएको म्याग्दीका डीएसपी तिलक भारतीले बताए । पाहिरोमा परी घाइते ६७ वर्षीय गोठे विक र उनकी श्रीमतीलाई स्वास्थ्यचौकीमा उपचारका लागि राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया