सवारी कर जरिवाना २०% लाग्ने निर्णय कार्यान्वयन बुधबारबाट
समाधान संवाददाता
२०७९ साउन १७ गते १८:५८

पोखरा ।
गण्डकी प्रदेशमा म्याद नाघेका सवारी साधनको कर र जरिवाना लिने कार्य बुधबारबाट पुनः सुरु हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी, कास्कीले मंगलबार सुचना जारी गर्दै रोकिएको उक्त कार्य बुधबारदेखि सुरु हुने जनाएको छ ।
जरिवाना बढि लिएको भन्दै जनस्तरबाट तीव्र आलोचना भएसँगै गत साउन ८ गते सेवा बन्द गरिएको थियो । गण्डकी प्रदेश सरकारको साउन ११ गतेको बैठकले जरिवाना कर घटाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार यातायात व्यवस्था ऐन, २०७६ को दफा १७६ को खण्ड (घ) को व्याख्यात्मक संशोधन भई प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।
सवारी करको जरिवाना स्वरुप साउन १ गतेदेखि आर्थिक वर्ष नाघ्दा २ सय प्रतिशत जरिवाना लिन थालिएको थियो । जसको विरोध भएसँगै प्रदेश सरकारले आर्थिक वर्ष नाघ्दा सवारी करमा २० प्रतिशत जरिवाना लगाउने निर्णय गरेको थियो ।
सम्बन्धित








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया