हिमाल कलेजका विद्यार्थीलाई प्लस टु सकिएपछि सिधै जागिर

पोखरा । हिमाल कजेल अफ म्यानेजमेन्टका विद्यार्थीलाई प्लस टु सकिएपछि सिधै काम पाउने भएका छन् । प्लस टु सकिएपछि कामका लागि विभन्न १० कम्पनीले अफर गरेका हुन् ।
कलेज इन्चार्ज मणिप्रसाद डुम्रेका अनुसार प्लस टु सकाएपछि सिधै काम दिने विभन्न कम्पनीले अफर गरेका हुन् । कश्यप एग्रो प्रालि, इभरेस्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालि, नयनतारा कृषि सहकारी संस्था लिमिटेड, बिहानी बजार लगायत विभिन्न कम्पनीले पढाई सकिए लगत्तै काम दिने एग्रिमेन्ट गरेका हुन् ।
ुहिमाल कलेजले सैद्धान्तिकसँगै व्यवहारिक ज्ञान पनि दिदै आएको त विदितै छ । हाम्रा विद्यार्थीलाई प्लस टु सकिए लगत्तै काम पनि दिने भनेर विभिन्न कम्पनीले अफर गर्नु भएको छ,ु उनले भने । यसअघिका वर्षमा पनि प्लस टु सकिएपछि विद्यार्थीहरुलाई विभिन्न कम्पनीमा कामको व्यवस्था गर्दै आएको छ ।
इन्चार्ज डुम्रेले छिट्टै कलेज र विद्यार्थीको लगानीमा क्याफे पनि सञ्चालनमा आउन लागेको बताए । क्याफेमा विद्यार्थीहरुले प्रयोगात्मक सीप पनि बृद्धि गर्न पाउने उनले सुनाए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया