पोखराको सभागृहमा बसको ठक्करबाट एक जनाको मृत्यु

समाधान संवाददाता २०७९ साउन १८ गते १६:५३

पोखरा ।
पोखराको सभागृहमा बुधबार बिहान बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ घर भई हाल पोखरा लेकसाइड बस्ने ७५ वर्षीया सुनमाया तिलिजाकाे मृत्यु भएको हो ।

Advertisement

बसको ठक्करबाट घाइते भएपछि उनलाई नजिकैको गण्डकी मेडिकल कलेज लगिएकाे थियो । उनको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । बुधबार बिहानै पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बृद्धालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया