गण्डकीका मुख्यमन्त्रीलाई ७१७ रुपैयाँ दान !

पोखरा ।
अनेरास्ववियु गण्डकीलेगण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्रीको पारिवारिक ट्रस्टका लागि सांकेतिक रुपमा विरोध स्वरुप संकलित रकम बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरेको छ । अनेरास्ववियुले विगतमा मुख्यमन्त्री, मन्त्री, नेताहरुको परिवारको नाममा खोलिएका ट्रस्टका लागि सांकेतिक बिरोध स्वरुप १ रुपैयाँ दान अभियान चलाएको थियो ।
अभियान अन्तर्गत विभिन्न चोकमा संकलित ७ सय १७ रुपैयाँ मुख्यमन्त्री पोखरेललाई प्रदान गरेको अनेरास्ववियु गण्डकी प्रदेश सचिव रोमाकान्त पोखरेल (आरके)ले जानकारी दिए । प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८०को बजेटमागण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सत्तारुढ दलका केही नेता तथा प्रदेश सभाका सदस्यका आफन्तको नाममा खोलेको स्मृति कोष, फाउन्डेसनका लागि रकम विनियोजन गरेको विरोधमा अनेरास्ववियुले अभियान चलाएको थियो ।
‘मुलुक आर्थिक संकटमा परेका बेलामा जनताले तिरेको करलाई नेताको नाममा खोलिएको स्मृति कोष र फाउन्डेसनमा लगाउने कार्य गलत थियो,’युनियनका सचिव पोखरेलले भने, ‘मुख्यमन्त्री पोखरेलले मौखिक रुपमा फिर्ताको घोषणा गर्नु भएको छ । तर सरकारले संशोधन विधेयक प्रदेश सभामा लगेर औपचारिक रुपमा फिर्ता नगरी बजेट पास भएको छ ।’ उनले मुख्यमन्त्री पोखरेल, मन्त्री तथा नेताको आफन्त तथा परिवारको नाममा खोलेको ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन विनियोजन गरेको बजेट औपचारिक रुपमा फिर्ता नलिएको कारण खबरदारी जारी राख्ने बताए ।
अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र उपाध्याय ‘मन्नु’, सञ्जय पौडेल, स्मृति बराल, केन्द्रीय सदस्य तथा कास्की संयोजक विजय पौडेलले प्रदेश सरकारले संशोधन विधेयकमार्फत बजेटबाट फिर्ता नगरेका कारण फेरि पनि राज्यकोषको रकम दुरुपयोग हुने चिन्ता व्यक्त गरे ।
राज्यकोषको रकम मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान तथा संस्थालाई प्रदान गरेको विरोधमा राष्ट्रिय युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीको अगुवाईमा युवा र विद्यार्थीले सडक प्रदर्शन गरेका थिए । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री, केन्द्रीय नेता तथा जिल्लाका नेताका पारिवारिक सदस्यका नाममा ट्रस्टदेखि स्मृतिपार्क, प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेपछि जनस्तरमा चर्को विरोध भएको थियो ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया