नागरिकता विधेयक फिर्ता लिन क्षत्री समाजकाे माग

पोखरा ।
नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन माग राख्दै क्षत्री समाज नेपाल कास्कीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ । समाजले देशव्यापी रुपमा कोणसभासमेत गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएको क्षत्री समाज नेपाल कास्की अध्यक्ष पदमबहादुर कार्कीले जानकारी दिए ।
विदशीलाई सहज रुपमा नागरिकता दिने प्रावधान सहितको विधेयक प्रतिनिधि सभा तथा राष्ट्रिय सभाबाट पारित भएदेखि क्षत्री समाजले यथाशीघ्र फिर्ता लिन माग गर्दै आएको छ । क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले विधेयक फिर्ता लिन दबाब दिन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको बताए । उनले पहिलो चरण अन्तर्गतको ज्ञापनपत्र बुझाउने कार्यक्रम गरेको जानकारी दिए । जनतासँग माफ मागेर फिर्ता नलिए दोस्रो चरणमा आन्दोलनमा जाने चेतावनी दिए ।
क्षत्री समाजले विदेशी महिलासँग वैवाहिक सम्बन्ध कायम हुनासाथ नागरिकता दिन सकिने प्रावधान गलत भएको टिप्पणी गरेको छ । ‘नागरिकता जस्तो राष्ट्रिय महत्वको विषयलाई बेवास्था गर्दै राष्ट्रिय स्वाधीनता तथा अखण्डतामाथि आँच आउने गम्भीर प्रकृतिको विधेयक फिर्ता नलिए राष्ट्रवादी नेपालीलाई समेटेर आन्दोलनमा जाने छौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को भाग २ उपधारा (३)मा भएको व्यवस्थाभित्र बाहेकका अन्य व्यक्तिलाई नागरिकता दिन सहज बनाइनु गलत छ ।
सो उपधारामा संविधान प्रारम्भ हुनुभन्दा अगाडि जन्मेको आधारमा नेपालको नागरिकता पाएको नागरिकका सन्तानले बाबुआमा दुबै नेपालको नागरिक रहेछ भने बालिक भएपछि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरेको छ ।’









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया