रुपा गाउँपालिकामा लाखेनाच प्रतियोगिता हुने

समाधान संवाददाता २०७९ साउन १९ गते ११:१६

लेखनाथ ।
रुपा गाउँपालिकाको वडा नं. ५ फेदीमा लाखेनाच प्रतियोगिता हुने भएको छ । स्थानिय फेदी नेवा खलः ले यहि साउन २१ गते गण्डकी प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको आयोजना गर्ने भएको छ । कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ स्थापित फेदी नेवा खलःले नेवाः समुदायको कला संस्कृतिको संरक्षण एवं नयाँ पुस्तामा हस्तान्तरणका साथै एकताको सन्देश प्रवाहका लागी प्रतियोगिताको आयोजना गरिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक सस्थाका अध्यक्ष मोहन जोशीले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३३ हजार ३ सय ३३, द्धितिय हुने टिमलाई २२ हजार २ सय २२ र तृतिय हुने टिमलाई ११ हजार १ सय ११ प्रदान गरिनेछ । साथै उत्कृष्ट अनुशासित टिमलाई र उत्कृष्ट भेषभुषालाई नगद ४ हजार ४ सय ४४ रुपैंया प्रदान गरिने क्लवका सचिव सुरेन श्रेष्ठले वताएका छन । उनले नेवारी समुदायको विभिन्न संस्कृतिहरुको संरक्षण एवं जात्रा आयोजनाको लागी सहयोग गर्न गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रतियोगितामा सहभागी हुनको लागी टिम दर्ता शुल्क २ हजार लाग्ने र टिमका १२ जना सदस्य सम्मलाई निशुल्क रुपमा खाजा खाना तथा बासको व्यवस्था आयोजकले गर्ने वताएको छ । प्रतियोगितामा कास्की, तनहुँ र लम्जुङबाट विभिन्न २३ वटा टिमको सहभागीता रहने अनुमान गरिएको छ । प्रतियोगिताको आयोजनाको लागी ७ लाख खर्च हुने र १२ लाख आम्दानी हुन आयोजकले अपेक्षा गरेको छ ।

Advertisement

प्रतियोेगिताबाट वचत भएको रकम फेदी नेवाः खलको बहुउद्धेश्यीय भवन निर्माणमा लगाईने पनि आयोजकले जानकारी दिएको छ । कार्यक्रममा फेदी नेवाःखलका सल्लाहकार सान्ता कुमार श्रेष्ठ र लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनालले नेपाल र नेपालीका मौलिक सस्कृतीको रक्षाको लागि सवैको साथ र सहयोग आवस्यक पर्ने धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया