‘बच्चालाई स्तनपान नगराउनु नैसर्गिक अधिकार हनन गर्नु हो’

पोखरा ।
विश्व स्तनपान सप्ताह कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले बच्चालाई स्तनपान नगराउँदा नैसर्गिक अधिकार हनन हुने बताए । उनले स्तनपान प्रकृतिक नियम भएकाले यसलाई नकारेर बच्चाको नैसर्गिक अधिकार हनन गर्ने काम कुनै पनि आमाले गर्न नहुने बताए ।
बुधबार विश्व स्तनपान दिवसको अवसरमा जोंटा इन्टरनेसनल र पोखरा वडा नम्बर १२ काे संयूक्त आयोजनामा गरिएको कार्यक्रमा बोल्दै बास्तोलाले यस्तो बताएका हुन् । जोंटा इन्टरनेसन अग्रणी विश्वव्यापी संस्था हो । जसले पैरवी र सेवाको माध्यम बाट विश्वभरिका व्यवसायिक महिलाहरुको सशाक्तिकरण पक्षमा काम गर्छ ।
यसले महिला पुरुष बराबर भएकाले विभेद गर्न नहुने भन्दै महिलाको पक्षमा आवज उठाउँदै आएको छ । कार्यक्रमा जोंटाकी अध्यक्ष मोनिका थापा स्त्री रोग विशेषज्ञ डाक्टर आशिका क्षेष्ठ, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका डाक्टर तारा गुरुङ, पोषण तथा आहार परामर्शदाता श्रीविधा कायस्था, फिजियो थेरापिष्ट शुभा कोइरालाले टोलटोलबाट आएका वडाबाँसीहरुलाई ब्रिफिङ गरेका थिए । कार्यक्रमको सभापति अध्यक्षा थापाले गरिन, यस्तै, सञ्चालन निलिशा ठकुरी केसीले गरेकी थिइन भने समापन नम्रता दाहाल गरिन् ।
तपाईको प्रतिक्रिया