कास्कीमा थपिए ८ हजार मतदाता

समाधान संवाददाता २०७९ साउन २० गते १०:४५

पोखरा ।
देशमा प्रदेश र संघको निर्वाचन घोषणा भएको छ । आगामी प्रदेश र संघको निर्वाचनका लागि संकलन गरिएको नामावलीमा कास्कीमा ८ हजार नयाँ मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली संकलन गरेको प्रदेश निर्वाचन कार्यालयले २०७९ साउन २० गते दिउँसोसम्मको मतदाता नामावली सार्वजनिक गरेको हो ।

कास्कीका ५ वटै पालिकामा गरी करिब ८ हजार मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताए । बुधबार मतदाता नामावली संकलन गर्ने अन्तिम दिन भएकाले बेलुकासम्म केही थपिन सक्ने उनले बताए । ‘हामीले स्थानीय चुनाव सकिएलगत्तै नामावली संकलनका लागि आह्वान गरेका थियौं । यसपटक अनलाइनबाट पनि नामावली भर्न मिल्ने व्यवस्था गरेका थियौं । यस कारण यो छोटो समयमा धेरैले मतदाता नामावलीमा नाम टिपाउनुभएको हो,’ पराजुलीले भने ।

कास्कीका ५ वटै पालिकामामा सबैभन्दा बढी पोखरा महानगरपालिकामा मतदाता थपिएका छन् । कास्कीका ४ गाँउपालिका र १ महानगरपालिकामा करिब ८ हजार नयाँ मतदाता थपिएका हुन् । स्थानीय निर्वाचपछिको यो छोटो अवधिमा नयाँ मतदाता थपिएका हुन् । पराजुलीले भने, ‘अब मतदाता नामावली संकलन सकियो । फोटोसहितको नामावली संकलन हुँदैन ।’ कास्कीका ५ पालिका पोखरा, रुपा, माछापुच्छ्रे, मादी, अन्नपूर्ण गरी ५ पालिका छन् । २०७९ को स्थानीय चुनावमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता थिए ।

Advertisement

तपाईको प्रतिक्रिया