राधाकृष्ण बृद्धाश्रमलाई लायन्स क्लवको सहयोग

समाधान संवाददाता २०७९ साउन २० गते १४:२९

लेखनाथ ।
लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीले विहिबार राधाकृष्ण बृद्धाश्रमका जेष्ठ नागरिकलाई सहायता सामाग्री हस्तान्तरण गरेको छ । क्लवले बार्षिक कार्यक्रम अन्र्तगत आश्रमलाई चार थान कुर्ची, एक थान टेवुल र दैनिक उपभोग्य खाद्यान्न सामाग्री बितरण गरेको हो ।

यसैगरी क्लवले आश्रम परिषरमा रोपेका विभिन्न जातका वोट विरुवाको गोडमेल र बृक्षा रोपण समेत गरेको छ । कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ के अन्र्तगतको बृक्षरोपण कार्यक्रमका संयोजक लिला भट्टराई, डिर्पाटमेन्ट चिफ एवं पिस पोष्टर संयोजक भक्तबहादुर के.सी, डेपुटी डिर्पाटमेन्ट चिफ नवराज सापकोटा, रिजन चियर पर्सन टिकाराम सुवेदी, जोन चियरपर्सन राजनकल्याण बड्गामी, राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल लगायतले क्लवको निरन्तर सहयोगले आश्रमका जेष्ठ नागरिकलाई जीवन यापनमा सहजता भएको बताए ।

क्लवका अध्यक्ष ईञ्जिनियर रविचन्द्र घिमिरेको अध्यक्षतमा भएको कार्यक्रममा सचिव बद्रीनाथ पौडेलले कार्यक्रममा सहजीकरण गरेका थिए । आश्रममा ६९ जना जेष्ठ नागरिक रहेका छन् । विभिन्न संघसंस्थाको बार्षिकोत्सव, व्यक्ति विशेषको जन्मोत्सव लगायतका अवसरमा आश्रममा आवश्यक सहायता सामाग्री बिरतण हुँदै आएको छ ।

Advertisement

सोही कार्यक्रम मार्फत लायन्स क्लव अफ इन्टरनेशनल ३२५ के का बृक्षारोपण संयोजक लिला भट्टराईले बार्षिक रुपमा आश्रमलाई पाँच हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया