पाँच दलीय गठबन्धबाट छुट्टिए भट्टराई

समाधान संवाददाता २०७९ साउन २० गते १७:०४

पोखरा ।
बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अनुपस्थिति थिए । प्रदेश र प्रतिनिधि सभाको ४ मंसिरमा हुने निवार्चनमा सत्तारुढ पाँच दलीय गठबन्धनको तालमेल हुदाँ भट्टराई भने एक्लिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन्।

भट्टराई मंसिरमा हुने चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट उठ्ने तयारीमा छन् । उनले २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया