पाँच दलीय गठबन्धबाट छुट्टिए भट्टराई

पोखरा ।
बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई अनुपस्थिति थिए । प्रदेश र प्रतिनिधि सभाको ४ मंसिरमा हुने निवार्चनमा सत्तारुढ पाँच दलीय गठबन्धनको तालमेल हुदाँ भट्टराई भने एक्लिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन्।
भट्टराई मंसिरमा हुने चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट उठ्ने तयारीमा छन् । उनले २०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया