‘पोखरा उद्योग वाणिज्य संघकाे अध्यक्षमा उम्मेद्वारी दिन्छु’ –पोखरेल

समाधान संवाददाता २०७९ साउन २१ गते १८:३५

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेद्वारी दिने जनाएका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत उम्मेद्वारी दिने जनाएका हुन् । पोखरेलले आइतबार पत्रकार सम्मेलनमार्फत उम्मेद्वारी घोषणा गर्ने बताए ।

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदैछ ।

पोखरेल वर्तमान कार्यसमितिमा वाणिज्यतर्फको उपाध्यक्ष छन् । संघमा उनी कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै वाणिज्य उपाध्यक्षमा भएका हुन् ।

तपाईको प्रतिक्रिया