बुद्ध विशाल बजारको सभा

समाधान संवाददाता २०७९ साउन २२ गते १२:२९

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराको २४ औं साधारणसभा शनिबार भएको छ । सभााम गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले महेन्द्रपुल क्षेत्रमा भएको पार्किङ समस्या समाधान गर्न पहल गर्न बताए ।

Advertisement

उनले अहिले गण्डकी प्रदेश सरकारले अत्यधिक कर वृद्धि गरेको भनेर आएका समाचारतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मन्त्री खड्काले यसमा आफ्नो मन्त्रालयको कुनै भूमिका नरहेको जिहिर गरे । कर लगाएत लाभांशका बारेमा अर्थ मन्त्रालयको अधिकार हुने उनको स्पष्टोक्ति छ ।

पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले अहिले व्यवसायीमा कर वृद्धि, बंैकहरुको ब्याज वृद्धि लगायतका समस्या रहेको बताए । यसतर्फ राज्यको ध्यान जानु जरुरी रहेको औंल्याउँदै पोखरेलले यही अवस्था रहिरहेमा व्यापार, व्यवसाय सुरक्षित गर्न कठिनाइ हुने सुनाए ।

Advertisement

बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशबबहादुर खत्रीले व्यवसायीको हकहितका लागि संस्था लागिपरेको बताए । उनले बुद्ध विशाल बजारभित्रको व्यापार, व्यवसाय प्रर्वद्धन गर्न आफू कटिवद्ध रहेको उनको भनाइ छ । उनले पोखरा उद्योग वाणिज्य संघको अधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिन लागेको घोषणा गरे ।

कार्यक्रममा एसोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार सुदीप ढकाल, फेन्सी तथा रेडिमेड व्यवसायी समिति अध्यक्ष राजु पौडेल, कस्मेटिक व्यवसायी समिति अध्यक्ष प्रेम सुवेदी, संस्थाका महासचिव बुद्धि कुँवर, सचिव राजु केसी, उपाध्यक्ष ईन्द्रराज अर्याल लगायतले बोलेका थिए ।

Advertisement

कार्यक्रममा पुराना व्यवसायीतर्फ बुद्धि कुँवर, गुलाम सरवर, पार्वती बस्ताकोटी र राकेश गुरुङलाई सम्मान गरियो । एसोसियसनको छात्रवृत्ति कोषमा सहयोग गर्ने व्यवसायी, एसइई तथा प्लस टुमा र विशिष्ट स्थान प्राप्त गर्ने संस्थाका सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया