खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यकः मन्त्री बराल

समाधान संवाददाता २०७९ साउन २२ गते १६:२४

पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले ४ अर्ब बराबरको खाद्य पदार्थको आयात रोक्न कृषि क्रान्ति आवश्यक भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक स्रोत व्यवस्थापन कलेजको आइतबार पोखरा १९ स्थित पुरुञ्चौरमा आयोजित बिदाई कार्यक्रममा वोल्दै मन्त्री बरालले बताएका हुन् ।

पछिल्लो समयमा युवाहरुमा कृषि प्रतिको आकषर्ण घट्दो रुपमा रहेको मन्त्री बरालको भनाई छ । उपभोग्ताबादी सोचलाई अब युवा वर्ग तथा क्रान्तिकारीहरुले मात्र परिवर्तन गर्न सक्ने मन्त्री बरालले बताए । कृषि प्रधान हाम्रो देशमा यही उपादन हुने खाद्य पदार्थ नै ठुलो मात्रमा बिदेशबाट आयात गर्नु नेपालीहरुको लागि ठुलो बिडम्बना भएको मन्त्री बरालको भनाई छ । आत्मनिर्भर अर्थतन्त्रले समाजवाद अर्थतन्त्रको आधारशिला खडा गर्ने उनको उल्लेख गरे ।

चालु आर्थिक वर्षका लागि बजेट निर्माण गर्दा संघ, प्रदेशले समेत कृषिलाई पहिलो प्रथामिकता दिएको मन्त्री बरालले बताए । केही नयाँ कुरा गर्न खोज्दा आक्रमण हुने गरेको उल्लेख गर्दै मन्त्री बरालले क्रान्तिकारीले त्यसको डटेर प्रतिवाद गर्ने जनाए ।

Advertisement

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) मुल इकाई समिति प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पुरुञ्चौरका अध्यक्ष संसार टण्डनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष द्धय केशवरावल र मदन भट्टराई, कृषि क्याम्पस पुरुञ्चौरका प्रमुख चन्द्रेश्वर प्रसाद श्रीवास्तव, समितिका सदस्य संजित कुमार यादव, विद्यार्थी महेश आचार्य, ममता पौडेल लगायतले वोलेका थिए । यस वर्ष कृषि विषयमा यस क्याम्पसबाट ५० जनाले स्नातक तह उत्तिर्ण गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया