एनसेलको युवा लक्षित सिम

समाधान संवाददाता २०७९ साउन २३ गते ११:१०

काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले युवाले धेरै मन पराएको आफ्नो स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको छ । इन्स्टाग्राम, माइफाइभ लगायत विभिन्न डिजिटल सेवामा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।

ग्राहकहरूले करसहित मात्र ९७ मा सोमबारबाट यो सिम लिन सक्नेछन् । यो सिममा ग्राहकले २० को मेन ब्यालेन्ससहित ७ दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् । यसका साथै युवाका लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुचारु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् ।

यो प्याक सुचारु गर्ने ग्राहकले ३० दिनसम्म माईफाइभ सेवा पनि निःशुल्क सुचारु गर्न सक्नेछन् । माइफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बर पेयर गरी ती ५ माईफाइभ नम्बरमा प्रति मिनेटमात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।
यसमा ग्राहकले सिम सुचारु गरेको २ देखि ६ महिनाको अवधिभित्र ५० वा सोभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुनः सुचारु हुनेछ । निःशुल्क इन्स्टाग्राम र माईफाइभ सेवा कुल ६ महिना सञ्चालनमा रहनेछ । ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै ५ एनसेल नम्बर पेयर गर्न सक्छन् ।

Advertisement

यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।

Advertisement

तपाईको प्रतिक्रिया