बजार प्रतिनिधि संघमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ साउन २३ गते १२:५६

पोखरा ।
नेपाल बजार बिक्री प्रतिनिधि संघ पोखरा शाखाको शनिबार भएको दोस्रो शाखा अधिवेशनले बाबुराम तिवारीको अध्यक्षतामा सर्वसम्मत १४ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । संघ बिभिन्न स्वदेशी तथा विदेशी उद्योगको बजारीकरणमा काम गर्ने बजार प्रतिनिधिको साझा संस्था हो ।

कमिटीको उपाध्यक्षमा जयनारायण सापकोटा, सचिव भुवन पौडेल, अर्थ उपसचिवमा अग्नि पनेरु, संगठन उपसचिव मोनिका बराल, प्रचारप्रसार उपसचिवमा सुनीलकुमार गोर्खाली र उपसचिवमा सूर्यप्रसाद भट्टराई छानिएका छन् । कार्यसमिति सदस्यमा गोबिन्द रेग्मी, माधव बराल, बबिता भुषाल, केदार पौडेल, गुणराज गिरी, अजयराज खनाल र हृदयबाबु पौडेल चुनिएका छन् ।

अधिवेशनमा नेपाल उद्योग परिसंघ गण्डकी प्रदेश अध्यक्ष बिक्रम कर्माचार्यले कुनै पनि उद्योग प्रतिष्ठानको उत्पादन उपभोक्तासम्म पुर्‍याउन कम्पनी प्रतिनिधिले पुलको काम गर्नुपर्ने बताए । मदिरा व्यवसायी महासंघका केन्द्रीय महासचिव तारानाथ ढुंगानाले बजारमा काम गर्ने प्रतिनिधिले सम्पूर्ण उद्योगको विकासमा अहम् भूमिका खेलेको उल्लेख गरे ।

Advertisement

कार्यक्रममा नेपाल बजार बिक्री प्रतिनिधि संघका संस्थापक अध्यक्ष प्रेमप्रसाद गौतम, संघका संस्थापक उपाध्यक्ष वसन्तराज सिग्देल, केन्द्रीय उपाध्यक्ष राजन कार्की, केन्द्रीय प्रचारप्रसार सचिव श्रीराम सिग्देल, संघ गण्डकी प्रदेश अध्यक्ष गोबिन्द ढुंगाना, संघका पूर्व गण्डकी धौलागिरी अध्यक्ष गोपाल सापकोटा, प्रदेश सचिव सुरेश सापकोटाल लगायतले बोलेका थिए । कार्यक्रम नेपाल बजार बिक्री प्रतिनिधि संघ पोखरा शाखा अध्यक्ष सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया