सहारा एकेडेमीका खेलाडीलाई नवौं राष्ट्रिय खेलकुदमा संलग्न गराइन्छ: सदस्यसचिव घिसिङ्ग

पोखरा ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले सहारा एकेडेमीमा रहेका खेलाडीहरुलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अपनत्व महसुस हुने गरी संलग्न गराउने प्रतिबद्धता जनाएका छन् । आइतबार पोखराको दोब्बिलामा रहेको सहारा एकेडेमी अवलोकनको क्रममा सदस्यसचिव टंकलाल घिसिङ्गले सहारा एकेडेमीमा रहेका खेलाडीहरुलाई असोज २८ गतेबाट गण्डकी प्रदशेमा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अपनत्व महसुस हुने गरी संलग्न गराउने प्रतिबद्धता जाहेर गरेका हुन् ।
घिसिङ्गले सहारा एकेडेमी पोखरा र गण्डकी प्रदेशको लागि मात्र नभई नेपालकै उदाहरणीय खेल संस्था रहेको बताउँदै एकेडेमीमा रहेका खेलाडीहरुलाई भुमिकामा बाध्ने गरी नवौं राष्ट्रिय खेलकुदमा संलग्न गराइने बताए । सहारा एकेडेमीले देशभरिबाट खोजेर विपन्न परिवारका बालबालिकालाई शिक्षासँगै फुटबल प्रशिक्षण दिएर देशमै एक अलग पहिचान स्थापित गरेकोमा आफूलाई समेत गर्वको महसुस हुने गरेको घिसिङ्गले जिकिर गरे ।
घिसिङ्गले सहारा एकेडेमीको नाममा जारी सामाजिक कार्यमार्फत खेलकुद उत्थानको शिलशिलालाई निरन्तर जारी राख्न आफूले आउँदो दिनमा राखेपको सदस्यसचिवको हैसियतले मात्र नभई ब्यक्तिगत तवरबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । साथै सहारा एकेडेमीको कार्यबाट नेपालमा अन्य संस्थाहरुले पनि धेरै सिक्नु पर्ने आवश्यकता औल्याए । एकेडेमी सञ्चालनका लागि सहाराले प्रत्येक वर्ष पोखरामा आहा रारा गोल्डकप प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । आहा रारा गोल्डकप प्रतियोगिता नै एकेडेमी संचालनको मुख्य आयस्रोत समेत रहेको छ ।
यसबाहेक एकेडेमी संचालनका लागि विभिन्न ब्यक्ति तथा संस्थाहरुले आर्थिक रुपमा सहयोग समेत गर्दै आइरहेका छन् । एकेडेमीमा अहिले करिब दर्जनको संख्यामा बालबालिकाहरु बस्दै आइरहेका छन् ।









प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
हाफ म्याराथनको उपाधि गुरुङलाई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया