सिटौला सिट बाँडफाँड कार्यदल संयोजक

समाधान संवाददाता २०७९ साउन २४ गते १०:३५

काठमाडौं ।
सत्तारुढ गठबन्धनले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न कार्यदल बनाएको छ । कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चयन भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको पहिलो बैठकले सो कार्य दलको संयोजन गर्ने जिम्मेवारी कांग्रेस पूर्वमहामन्त्री सिटौलालाई दिने निर्णय गरेको हो । कार्यदलको बैठकको संयोजन गर्ने जिम्मेवारी सिटौलालाई दिने निर्णय गरिएको कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘आज कार्यदलको बैठक लामै समय रह्यो । सबै साथीले आ–आफ्ना दृष्टिकोण राख्नु भएको छ । बैठक सकारात्मक रूपले आजलाई स्थगन भएको छ । र, २६ गते ४ बजे फेरि बैठक बसेर थप छलफललाई अगाडि बढाउँछौं,’ उनले भने ।
कार्यदलको अर्को बैठक यही साउन २६ गते अपरान्ह ४ बजे बस्नेछ । बैठकमा सबै दलका नेताले चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा आ–आफ्ना दलका धारणा प्रस्तुत गरेका थिए ।

Advertisement

सत्तारुढ गठबन्धनमा आबद्ध दलबीच आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनलाई कायमै राखेर अघि बढने विषयमा छलफल भइरहेको छ । सत्तारुढ दलले गठबन्धनमा आवद्ध हुन महन्थ ठाकुर नेतृत्वको लोसपालाई पनि आग्रह गरेको छ । गठबन्धनमै रहेको डा. बाबुराम भट्टराईको दल गठबन्धनमा रहने वा नरहने अझै निक्र्याेल भएको छैन । मंसिर ४ मा चुनाव घोषणा भएपछि दलहरु आन्तरिक तयारी र गठबन्धन निर्माणमा लागेका छन् ।

एक्लै चुनावमा जाने बनाइरहे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेभित्र पनि सम्भव भए वाम गठबन्धन नभए अरु दलसँग गठबन्धन गर्नुपर्ने आवाज उठिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया