पस्र्याङमा २ एस सर्भिस सेन्टर

पोखरा ।
अग्नि ग्रुपको २ एस सर्भिस सेन्टर पोखराको पस्र्याङमामा सञ्चालनमा आएको छ । नेपालका लागि महिन्द्रा फोरह्विलरको एकमात्र आधिकारिक बिक्रेता अग्तिले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर खोलेको हो ।
पोखरा अटो वर्कस्को नाममा पस्र्याङमा सर्भिस सेन्टर खुलेको हो । पोखरा अटो वर्कस् अग्नि ग्रुपको ३ एस डिलर बतास ब्रदर्सको सहायक कम्पनी हो । सोमबार एक कार्यक्रमबीच सर्भिस सेन्टरको औपचारिक उद्घाटन भएको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र बतास अर्गानाइजेसनका अध्यक्ष आनन्दराज बतासले सर्भिस सेन्टर सुरुआत गरेका हुन् ।
सो अवसरमा अग्नि ग्रुप तथा बतासका प्रतिनिधिका साथसाथै अन्य व्यवसायीको उपस्थिति थियो । अग्लिे हाल नेपालभर रहेका आफ्ना नेटवर्कबाट सेवाग्राहीलाई सेवा दिइरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलर खोलिने कम्पनीले जनाएको छ ।







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया