स्थानीय तहमा एमालेको प्रशिक्षण

समाधान संवाददाता २०७९ साउन २४ गते ११:३३

पोखरा ।
नेकपा (एमाले)ले आगामी आम निर्वाचनलाई केन्द्रीत गरी स्थानीय तहको पालिका कमिटीहरुले प्रशिक्षणात्मक अभियान थालेका छन् । प्रतिनिधि सभा तथा गण्डकी प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर कार्यकर्ता प्रशिक्षण गरेको पार्टीका पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले जानकारी दिए ।

सो पार्टीले गण्डकी प्रदेश कमिटीले प्रदेश स्तरी प्रशिक्षण गरेर साउन महिना भरीमा जिल्ला, पालिका हुँदै वडा टोल स्तरसम्म पुर्‍याउने योजनाअघि सारेको थियो । नेकपा (एमाले) जिल्ला कमिटी कास्कीको सर्कुलर अनुसार कास्कीको पोखरा, महानगर कमिटी, रुपा, माछापुच्छ्रे र मादी गाउँपालिका कमिटीले कार्यकर्तालाई प्रशिक्षण दिइसकेका छन् ।

गत साउन १६ देखि २५ गतेसम्म प्रशिक्षण गर्न जिल्ला कमिटी कास्कीले सबै पालिकालाई परिपत्र गरेको थियो । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष विवेक देवकोटाले साउन २८ गते प्रशिक्षणको मिति तय गरेको जानकारी दिए ।
पोखरा महानगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ३ सय ७५ नेता तथा कार्यकर्ता सहभागी थिए ।

Advertisement

कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पार्टीका स्थायी समितिका सदस्य तथा संगठन विभागका प्रमुख खगराज अधिकारी र पार्टीका केन्द्रीय स्कुल विभागका सदस्य घनश्याम कोइरालाले प्रशिक्षण दिएको कमिटीका अध्यक्ष न्यौपानेले जानकारी दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीम कार्की र जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।

कास्कीको मादी र माछापुच्छ्रे गाउँ पालिकामा भएको कार्यक्रममा स्थायी समितिका सदस्य खगराज अधिकारी, स्थायी समितिका पूर्व सदस्य सोमनाथ अधिकारी प्यासी, पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्मा, पार्टीका केन्द्रीय अनुशासन आयोगका सचिव प्राडा भरतराज पहारी, केन्द्रीय सदस्य भीम कार्की, पार्टीका केन्द्रीय सल्लाहकार गणेशमान गुरुङ, पार्टीका नेता दामोदर बैरागीले प्रशिक्षण दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया