राष्ट्रपति भण्डारी ३१ गते विन्ध्यवासिनी माविमा आउने

पोखरा ।
राष्ट्रपति विद्यादेवी भण्डारी साउन ३१ गते पोखरा आउने भएकी छन् । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माघ्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रमको समापन तथा नवनिर्मित ३२ कोठे भवनको उद्घाटन गर्न पोखरा आउने वताइएको छ । राष्ट्रपति नै प्रमुख अतिथि रहने उक्त कार्यक्रमलाई व्यवस्थित वनाउन तथा सवै क्षेत्रसँगको समन्वय र प्रचार प्रसारलाई तिव्र पारिएको हीरक जयन्ती मुल आयोजक समितिले जनाएको छ ।
समापनका अवसरमा राष्ट्रपति भण्डारीले राष्ट्रिय पुर्ननिर्माण प्रााधिकरणको सहयोगमा नव निर्मित ३२ कोठे पक्की भवनको उद्घघाटन गर्ने लगायतका अन्य कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
त्यसअघि हीरक जयन्तीको अवसरमा विद्यालयले साउन २९ गते पुर्नमिलन कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा भूपू विद्यार्थी , पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व शिक्षक, कर्मचारी लगायतकाको उपस्थिति रहने वताइएको छ । सम्मान तथा सांस्कृतिक कार्यक्रम र कार्यशाला घोषणापत्र सार्वजनिक गरिने समितिले जनाएको छ ।
वि सं २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल करिव १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने दस जोड दुई तर्फ विज्ञान र व्यवस्थापन संकायमा कक्षा संचालन गरेको छ ।









सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया