कोरोना संक्रमणबाट दुईको मृत्यु
समाधान संवाददाता
२०७९ साउन २४ गते १६:४७

पोखरा ।
कोरोनाबाट मंगलबार दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबार एकै दिन एक हजार बढी कोरोना संक्रमित थपिएका छन् ।
पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ६० र एन्टीजेनबाट परीक्षण गर्दा ५ सय ३० मा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाको सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया