निवृत शिक्षक समुदाय माछापुच्छ्रेमा जयलाल

समाधान संवाददाता २०७९ साउन २५ गते १३:१०

साउन ।
निवृत शिक्षक समुदाय कास्कीको पालिकास्तरीय भेलाले माछापुच्छ्रे गाउँपालिकामा जयलाल दवाडीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती चयन भएको छ । जयलाल दवाडीकै संयोजकत्वमा संचालित कार्यक्रममा जिल्ला अध्यक्ष छबिलाल आचार्य, उपाध्यक्ष नरबहादुर गुरुङ र सचिव शेषकान्त आचार्यको उपस्थित थियो ।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष गोबिन्दप्रसाद अधिकारीले जिल्लाका सम्पूर्ण शिक्षकहरुको विवरण समावेश गरेर एक पुस्तक प्रकाशन गरिनु पर्ने, विंसं २०७३ अघि निवृत भएका शिक्षकहरुले पनि छुट भएको ग्रेड पाउनु पर्ने, निजामती कर्मचारी सरह सौहलियत पाउनु पर्ने भनाइ राखेका थिए ।

नवनिर्वाचित अध्यक्षले पालिकाभरका निवृत शिक्षकहरुको पहिचान गरेर छिट्टै संस्थामा आबद्द गराउने अठोट जाहेर गरे । जिल्ला उपाध्यक्ष नरबहादुर गुरुङले निवृत जीवन सरल तरिकाले जिउन शिक्षक स्वयमलेनै विविध कार्यक्रम तय गर्नुपर्ने कुरा उल्लेख गरे। जिल्ला अध्यक्ष छबिलाल आचार्यले हाल सम्म जिल्ला र केन्द्रले भए गरेका कार्यक्रम र भावी कार्यक्रमहरु बारे जानकारी गराए ।

Advertisement

तपाईको प्रतिक्रिया