‘एडिनो भाइरस जाँच्न पोखरामा ल्याब छैन’

सञ्जय रानाभाट २०७९ साउन २६ गते १०:४३

पोखरा ।
काठमाडौं उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरो देखिएपछि परीक्षण गर्दा एडिनो भाइरस पुष्टि भएको थियो । पोखरामा पनि त्यसको एक महिनापछि यो रोगबाट ग्रसित बिरामीको संख्या बढेको छ । अस्पताल पुगेका ५० प्रतिशत बालबालिकाको चेकजाँच गर्दा बिरामीको लक्षणले एडिनो भाइरस भएको पुष्टि हुन्छ ।

त्यस्ता लक्षण भएका दैनिक ६० देखि ७० बालबालिका आउने गरेका छन् । १० वर्षभन्दा माथिका बालबालिकालाई कोभिड पनि देखिएको छ । मौसमी रुघाखोकीस्तै यो बालबालिकामा आम रूपमा देखिएको छ । नेपालमा यसअघि पनि गर्मीयाम र मौसम परिवर्तन हुने समयमा धेरै बालबालिकामा संक्रमण देखिन्थ्यो ।

यो भाइरस स्वासप्रश्वासको माध्यमबाट सर्ने हुनाले छिट्टै फैलिन्छ । यसले छातीमा संक्रमण गराएमा जटिलता पनि निम्त्याउन सक्ने विज्ञहरुको चेतावनी छ । अस्पताल भर्ना भएका धेरै बिरामीलाई अहिले निमोनिया नै देखिएको छ । बूढो हुँदासम्म छातिमा दाग देखिरहन सक्छ । बच्चालाई सधेैं चिसोबाट बचाउनुपर्छ । ग्रन्थीहरू सुन्निने, एकतिरको आँखा रातो हुने जस्ता लक्षण देखिन्छन् । त्यसैगरी, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने, पिसाब गर्दा दुख्ने, पिसाबमा रगत आउने जस्ता समस्या पनि समस्या देखिन सक्छन् ।

Advertisement

अहिले अस्पताल आउने बालबालिकाको चाप बढे पनि भर्ना नै गरेर राख्नुपर्ने बिरामी भने कम छन् । धेरैलाई औषधीले सञ्चो भएको छ । उहाँहरु घरमै गएर आराम गर्दा पनि यो रोग निमोनिया नदेखिए ७ हप्तामा सञ्चो हुन्छ । यस्ता बिरामीलाई पानी खुवाउने, ज्वरो आए बाक्ला कपडा खोलिदिने, पानीपट्टी लगाउने, झोलिलो पदार्थ खुवाउने, सिटामोल खुवाउने गर्नुपर्छ ।
पोखरामा कोभिड चेक जाँच गर्न मिल्छ । एडिना भाइरस चेक जाँच गर्न काठमाडौंको टेकु पुग्नुपर्छ । पोखरामा चेकजाँच गर्ने प्रविधि छैन । भर्ना भएका सम्पूर्णलाई एडिना भाइरसका लक्षण छन् । ६ महिनासम्म आमाको दूध नखाएका बच्चामा बढी यसको संक्रमण देखिएको छ ।

Advertisement

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया