लाहुरेले बाँडे अनुभव

समाधान संवाददाता २०७९ साउन २६ गते ११:२९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ११ स्थित रिचमन्ड फेलोसिप पोखराले कलाकार आशिष राना उर्फ लाहुरेको साथमा अन्तक्र्रिया आयोजना गरेको छ ।

लागू औषध दुव्र्यसनीको विरुद्ध अभियानमा लागेका लाहुरेले कार्यक्रममा आफ्नाे अनुभव र आशाशक्ति संस्थामा विभिन्न कारणले उपचारमा आवद्ध उपचारार्थीहरुसँग साटे । हरेक विषयमा सकारात्मकता र क्रियाशीलताको ऊर्जाले परिवर्तन आउने उनको भनाइ थियो ।

कार्यक्रममा उनले भविष्यमा यस्ता विभिन्न खाले समाजमा आवश्यक पहल एवं कार्यक्रमहरुको थप आयोजना गर्न सहयोगका लागि नेपाल सरकारसँग आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया