नेटा–पुम्दीकोट सडक कालोपत्र हुँदै

पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले पोखरा २२ मा निर्माण हुन लागेको नेटा लुकुन्स्वाँरा वडादेखि पुम्दीकोटसम्म पिच सडक गर्न रकम अभाव नहुने आश्वासन दिएका छन् । पिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले पुम्दीभुम्दीको रणनीतिक महत्व रहेको जनाउँदै त्यहाँ जान सहज सडक जरुरी भएको बताए ।
सडक विस्तारका क्रममा जग्गा उपलब्ध गराउनेले नै पहिला प्रतिफल पाउने भएकाले विकास लागि सहयोग गर्ने सबैलाई उनले आग्रह गरे । समयमै उक्त परियोजना सम्पन्न गर्न सबैको सकरात्मक भूमि आवश्यक भएको मन्त्री बरालको भनाइ छ । पुम्दीकोटमा विशाल महादेवको मुर्ति निर्माणले हाल पुम्दीभुम्दीको पहिचान बढेको उनले जनाए ।
छोरोपाटन, खाल्से हुँदै कुभिन्डे सडक निर्माण प्रक्रियासमेत अघि बढेको उनले जनाए । मन्त्री बरालले पोखराको मुख्य बजारदेखि नजिक भएर पनि यस क्षेत्रको विकासमा रणनीतिक महत्वका सडक निर्माण नहुँदा धेरै पछि परेको उनको ठम्याइ छ ।
सडकका लागि जग्गा दान गर्नेहरुलाई पोखरा २२ वडा कार्यालयले एक समारोहका बीच सम्मान गर्ने वडाध्यक्ष हिमलाल बरालले जानकारी दिए । निर्माण कम्पनी एमएस फेवा पिएल जेभी पोखराका प्रेम पहारीले उक्त परियोजनामा कुनै बाधा, अवरोध नभए आउँदो असारभित्र सकिने उल्लेख गरे । पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले करिब साँढे ३ किलोमिटरको यो सडक ८ मिटर चौडा छ ।
२०८१ साउन १ गतेभित्र सक्ने गरी निर्माण कम्पनीले ९ करोड ८८ लाखमा निर्माण गर्ने सम्झौता । अबको ११ महिनामा नेटा लुकुन्स्वाँरा पोखरा २२ को वडादेखि पुम्दीकोटसम्म पिच सडक निर्माण भइसक्ने निर्माण कम्पनीका मिरकुमार राईले बताए । यो सडक निर्माण भएसँगै पुम्दीभुम्दीको विकासमा थप टेवा पुग्ने पुम्दीकोट कोट विकास समिति अध्यक्ष चन्द्रकान्त बरालले बताए । उक्त सडक निर्माणमा आफूहरु कटिवद्ध भएको स्थानीय नवराज बरालले उल्लेख गरे ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया