अपांगता भएका बालबालिकालाई शैक्षिक सामग्री सहयाेग

समाधान संवाददाता २०७९ साउन २६ गते १२:०३

पोखरा ।
अपांगता भएका बालबालिकाको सिकाईमा सहजता प्रदान गर्ने उद्देश्यले स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराले हाइटेक शैक्षिक सामग्री वितरण गरेको छ । वल्ड एजुकेसनको सहयोगमा केन्द्रले लन परियोजना अन्तर्गत पर्वतको महाशिला गाँउपालिका र कुश्मा नगरपालिकालाई बुधबार पोखरामा सामग्री हस्तान्तरण गरेको हो ।

Advertisement

पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले महाशिला गाँउपालिका शिक्षा शाखा प्रमुख दिनेश शर्मा र कुश्मा नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु तिवारीलाई सामग्री हस्तान्तरण गरिन् । पालिकाहरुलाई स्मार्ट टिभी, ट्याव लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

पोखराकी उपप्रमुख गुरुङले समावेशी सिकाईका लागि चुनौती भए पनि यसको सुरुवात गरेर सबैको सहयोग भए सफल हुने बताइन् । ‘समावेशी सिकाईका केही व्यवहारिक समस्या भए पनि अभिभावक, शिक्षकसँगै स्थानीय सरकार र सरोकारवाला सबै लागे पक्कै सफल भइन्छ,’ उनले भनिन् ।

कार्यक्रममा स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङले समावेशी शिक्षा अहिलेको अवश्यकता भएको औंल्याए । कार्यक्रम अन्र्तगत पर्वत, बागलुङ र स्याङ्जामा गरी ५७ स्मार्ट टिभी, २७ ट्याब १३ माइक प्रदान गरिने लन कार्यक्रम संयोजक प्रदीप रानाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया