वालिङ नगरपालिका ९ का पूर्व वडाध्यक्ष मृत अवस्थामा भेटिए
समाधान संवाददाता
२०७९ साउन २६ गते १३:०८

स्याङ्जा ।
वालिङ नगरपालिका ९ का पूर्व वडा अध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । वालिङ १३ ,स्थित गहाखोलाको शाखा सडकमा उनी मृत अवस्थामा फेला परेका हुन् । सिद्धार्थ राजमार्ग भन्दा करिव २० मिटर तल लडेको अवस्थामा उनको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए ।
ग १६ प ५४६१ नं को स्कुटर सहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएका थिए । गएराति देखि घरपरिवारसँग उनी सम्पर्कमा रहेका थिएनन् । उनको शव वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा पोस्टमार्टमको लागि पठाईएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
श्रेष्ठ २०७४ को स्थानिय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया