पोखरामा शनिबार छेलो प्रतियोगिता

पोखरा ।
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले खुला छेलो (ठेलो) प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता साउन २८ गते पोखराको टुडिखेलमा हुन लागेको हो । ‘स्वास्थ्यको लागि खेल, संस्कृतिको पहिचान’, एकतामा खेल प्रेमीहरुलाई समावेश गर्ने तथा पुराना खेलहरुलाई संरक्षण गर्ने उद्देश्यले खेलको आयोजना गरिएको खेलकुद महासंघले जानकारी दिएको छ ।
खेलकुद महासंघले नेपालका पुराना तथा लोपन्मुख खेलहरुलाई पर्वद्धन गर्नका लागि जिल्लाका विभिन्न पालिका र भुगोलहरुमा प्रतियोगिता गर्न लागिएको जिल्ला कमिटीका अध्यक्ष दुर्गादत्त पोखेलले जानकारी गराएका छन् । जिल्ला कमिटी कास्कीले उत्कृष्ट कार्यहरु गर्न लागेको तथा पूराना खेलहरुको संरक्षणमा जुटेको हुनाले केन्द्र र प्रदेशको पूर्ण सहयोग रहने कुरा खेलकुद महासंघ र गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुनले प्रतिवद्धता जनाएका छन् ।
‘खेल आम युवाहरुको रोजाई हो, खेल साना देखी बृद्ध सम्मको साहारा बन्न सक्छ, जसले मानवजगतलाई मनोरञ्जनका साथ एकताको शुत्रमा बाध्छ, खेलकुदको सहयोगमा हरेक व्यक्तिहरुलाई आफ्नो स्वास्थ्य प्रति जागरुक हुन्छन्’, अध्यक्ष पोख्रेलले भने ।
प्रथम पुरस्कार रु १५,०००, द्धितीय पुरस्कार रु १०,००० र तृतीय पुरस्कार रु ५,००० रहेको छ । प्रतियोगितामा सहभागि हुन दर्ता शुल्क रु २०० लाग्नेछ । दर्ताका लागि नेकपा एमाले पोखरा महानगर कमिटीको कार्यालय, शान्ति वन वाटिका तथा तपशिलका व्यक्तिलाई सम्पर्क गरि नाम दर्ता गर्न सकिने जानकारी दिएको छ । प्रतियोगिता विहान ठिक ७ः३० बजेदेखि सुरु हुने छ ।








जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया