लेखनाथमा खाेप लगाउने बढे

समाधान संवाददाता २०७९ साउन २६ गते १५:३०

लेखनाथ ।
पछिल्लो समय कोभिडका संक्रमीतको संख्या बढ्न थालेपछि पोखरा ३० मोहोरियामा रहेको संक्रामक तथा सरुवारोग अस्पतालमा कोभिड विरुद्धको खोप लगाउने बढेका छन् । अस्पतालमा दैनिक एक सय भन्दा वढिले खोपको सुविधा लिइरहेको र त्यसमा पनि पहिलो डोजको खोप लगाउने बढि रहेका अस्पतालका कार्यकारी निर्देशक बिकास गौचनले जानकारी दिएका छन् ।

गत माघ महिना देखि दैनिक रुपमा सर्वसाधारणलाई खोप लगाउने ब्यवस्था गरिएको छ । अस्पतालमा विना झन्झट र लाईनमा नवसी सवै प्रकारका खोप लगाउने व्यवस्था मिलाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया