सज्जनको सुरमा झुमेको पोखरा (फोटो फिचर )

युवराज गुरुङ ‘युनिश’ २०७९ साउन २६ गते १६:१२

युवराज गुरुङ ‘युनिश’

पोखरा।

गायक सज्जन राज वैद्यद्वारा बुधबार पोखरामा सांगीतिक कोसेली प्रस्तुत गरेका थिए । पर्चा र जिरो सिक्स वानको संयुक्त आयोजनामा रहेको उक्त कार्यक्रम साँझ ७ बजे नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा सुरु भएको थियो ।

Advertisement

वैद्य यति बेला ’न्यू योर्क टु काठमाडौं ’ नामक सांगितिक कार्यक्रम आयोजना गर्दै नेपाल भ्रमणमा छन् । अमेरिकामा बसोबास गर्दै आएका वैद्यको यो नेपालमा पहिलो सांगीतिक कार्यक्रम हो । यस अघि काठमाडौंमा कार्यक्रम गरिसकेका छन् भने अर्को साता बुटवलमा कार्यक्रम गर्दैछन् । मनोरञ्जन संगै कोभिडले आक्रान्त पारिएको पर्यटनलाई उठाउन समेत सहयोग पुग्ने आयोजकले बताए। आयोजक अनुसार उल्लेखनीय रुपमा दर्शकको सहभागीता रहेको थियो ।

गायक, गीतकार, गितार वादक रुपमा परिचय बनाउन सफल वैद्यले सन् २०१४ मा आफ्नो पहिलो गीत ’आज मात्र’ रेकर्ड गरेका थिए । त्यस्तै सन् २०१६ मा ’हवाईजहाज ’ र सन् २०१८ मा ’चिठीभित्र’ सार्वजनिक भएपछि थुप्रै फ्यान बटुल्न सफल भए । हतारिँदै, बतासिँदै, बराली लग्यो यो हावाले, फुत्की जाने जोवन गीत सार्वजनिक भएपछि उनको प्रख्याति चुलिए ।

Advertisement

तस्वीरहरु हेर्नु होस् ।

तपाईको प्रतिक्रिया