माइक्रोबस दुर्घटना हुँदा तनहुँमा १४ जना घाइते
समाधान संवाददाता
२०७९ साउन २६ गते १६:२५

पोखरा ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका ३ धयरेमा बिहीबार दिउँसो माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ख ९९९९ नम्बरको माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किँदा बसमा सवार यात्रुहरु घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । रेलिङमा ठोक्किँदा माइक्रो १५ फिट तल खसेको प्रहरीले बताएको छ ।
घाइतेमध्ये सात महिला र सात पुरुष रहेका छन् । घाइतेमध्ये विमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माइक्रो चालक जीवन आलेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ । अन्य घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया