पाेखरामा लागुऔषध सहित एक पक्राउ

समाधान संवाददाता २०७९ साउन २६ गते १७:१९

पोखरा ।
पोखराको बागलुङ बसपार्कबाट चिसाखोला जाने बाटोमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । शंका लागेर सोधपुछ गर्ने क्रममा लागुऔषध फेला परेकाले नियन्त्रणमा लिएको प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा म्याग्दी घर भई हाल पोखरा ३ नदिपुर बस्ने २८ बर्षिय माईकल भन्ने दीपक पुन रहेका छन् । निजको साथबाट लागुऔषध नुर्फिन(२५ एम्पुल, डाईजापाम( २५ एम्पुल, र फेनरागन (२६ एम्पुल जम्मा ७६ एम्पुल, सामसुङ मोबाइल थान-१, आइफोन थान-१, ओप्पो थान-१ र नगद रु ८ हजार फेला परेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया