राष्ट्रिय सौन्दर्यकर्मी पोखरामा ज्ञानु

समाधान संवाददाता २०७९ साउन २७ गते ११:१०

पोखरा ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल पोखरामहानगर कमिटीको तेस्रो अधिवेसनले ज्ञानुकुमारी दर्जीको अध्यक्षतामा नयाँ समिति चुनेको छ । १३ सदस्यीय समिति उपाध्यक्षमा गंगा पुन, सचिव सृजना घले, सहसचिवमा मन्दिरा बास्नेत र कोषाध्यक्षमा रमा रानाभाट छन् । कार्यक्रममा गण्डकी प्रदेशसभा सदश्य मिना गुरुङले साैन्दर्यकर्मीको पेशालाई मर्यादित र व्यवसायिक बनाउँदै अगाडि लैजान नयाँ सोच तथा अवधारणा विकास हुनुपर्ने औंल्याइन् ।

लामो समयदेखि सौन्दर्य पेशालाई शैक्षिक कार्यक्रममा समावेस गर्ने आफ्नो सपना अहिले आएर साकार भएको उनले जनाइन् । आगामी दिनमा स्नातक तहसम्म सौन्दर्य पेशा अध्ययन गर्न पाउने अवस्था निर्माण गर्ने आफ्नो लक्ष्य भएको उनले सुनाइन् । संगठन शक्ति र सकारात्मक ऊर्जा दिने मुख्य माध्यम भएको उनको भनाइ छ ।

गंगादेवी गुरुङ पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट अध्यक्ष रुद्र खर्ती, गण्डकी सौदर्यकर्मी इन्चार्ज संगिता पाण्डे, जिफन्ट केन्द्रीय कमिटी सदस्य पम्फा पहारी, सुमन गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया