पाेखरामा अल्कोहलिक ईंकको प्रयोगबाट निर्मीत चित्रकला प्रदर्शनी

समाधान संवाददाता २०७९ साउन २७ गते १३:१०

पोखरा ।
गाई जात्रा एवम कृष्ण जन्माष्टमीको अवसरमा नगेन आर्ट एकेडेमी र विश्व हिन्दु युवा संघको सयुंक्त आयोजनामा शुक्रबारदेखि पोखरामा विश्व कलायात्री कलाकार नगेन सिंहको अल्कोहलिक ईंक माध्यमद्धारा निर्मीत ११ औं एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीमा कलाकार नगेनको ‘गाई’ शिर्षकमा २१ वटा कला प्रदर्शनी रहेको छ । विश्व हिन्दु महासंघका सल्लाहकार तथा पुर्व उपाध्यक्ष बेदनिधि शर्माले कलाकार, पत्रकार एवम ज्योतिष नभएको ठाँउ अन्धकार हुने बताउँदै हिन्दु धर्मको संरक्षणमा लागेकोमा खुसि व्यक्त गरे । उनले गाईको महत्व वर्णन गर्न नसकिने बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले कला साहित्यको संरक्षण र प्रवद्धनले मात्र मुलुक समृद्धि तर्फ जाने बताउदैं कलाको कुनै मुल्य नहुने हुँदा कलाकारको सम्मान गर्नुपर्ने बताए । विश्व कलायात्रीले कलाकार राष्ट्रका गहना होईन, कलाकार राज्यको अभिन्न अंग हो, समाजको महत्वपुर्ण अंग हो र राष्ट्रको सुन्दर अगं हो भनी कला मार्फत जनजागरण फैलाउँदै आएका छन् ।

Advertisement

कलाकार नगेनले कला विकासको लागि ललितकला विकास बोर्डको स्थापना हुनुपर्ने सरकारसँग माग राखे । कलाकार लोकप्रसाद गुरुङ्गले आफूले १९५६ मा भारतमा ६ क्लास पढ्दा पनि आर्ट क्लास थियो तर नेपालमा अहिलेसम्म पनि हुन नसकेकोमा दुख व्यक्त गरे । सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रबिन्द्र माकाजुले मान्छेले गाईबाट धेरै कुरा सिक्नुपर्ने बताए । विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोईरालाले गाईको महिमाको बारेमा बोले ।

नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योती हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघ कास्कीका सचिन गिता कडेंलले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कलाकार नगेनको यस अघि १० वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौं सामुहिक चित्रकला प्रदर्शनी भईसकेको छ ।

Advertisement

कलाकारको एकल कला प्रदर्शनी लेखनाथमा २०६१ मा व्युटिफुल एक्सपेरियन्स, २०६१ मा नै म्याजिक अफ चित्रकला प्रदर्शनी, २०६४ मा माई रिजेक्टेड आर्ट चित्रकला प्रदर्शनी काठमाण्डौंमा र पोखरामा २०६८ मा ईरोटिक ल्यान्डस्केप चित्रकला प्रदर्शनी, २०७० मा लेखनाथ आर्ट चित्रकला प्रदर्शनी, २०७१ मा बिल्यु एण्ड रेड ल्यान्डस्केप चित्रकला प्रदर्शनी, २०७४ मा सेभेन प्रोभिनेन्स आर्ट चित्रकला प्रदर्शनी, २०७५ मा बुक्स उईथ आर्ट चित्रकला प्रदर्शनी, २०७५ मा नगेन आर्टस् ईक्जिबिसन ईन्जिनियरिङ्ग स्टुडेन्ट सोसाइटि चित्रकला प्रदर्शनी सम्पन्न भईसकेका छन् ।

कलाकारकै जिवनीमा आधारित नगेनको नग्न तृष्णा बिरेन्द्र हमालद्धारा र्निदेशित नाटक २०६४ मा मञ्चन भईसकेको छ । विश्वकला यात्री नगेन सिँह विश्व विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्य तथा ललितकला विभाग प्रमुख छन् ।

तपाईको प्रतिक्रिया