अन्नपूर्ण गाउँपालिकामा निस्सा वितरण

समाधान संवाददाता २०७९ साउन २७ गते १३:४५

कास्की ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले बिहीबार निस्सा वितरण गरेको छ । पालिकाले ३ जना भुमिहिन दलित, ८ जना भुमिहिन सुकुम्बासी र ५९ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको हो । वडा नम्बर ११ का वडाध्यक्ष हिम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

राष्ट्रिय भुमि आयोग, जिल्ला समिति कास्कीका सदस्य आस बहादुर गुरुङले निस्साको महत्व र यसको उपयोगको वारेमा जानकारी दिदैं, कोहि व्यक्ति अब भुमिहिन नरहने र यसको समाधानको सुरुवात अन्नपूर्णबाट भएको कुरा व्यक्त गरे ।

गाउँपालिकाले हालसम्म गरेका प्रगति र अब गर्ने कुराको वारेमा कार्यक्रमका पालिकाका अध्यक्ष बिष्णुबहादुर केसीले बताए । उनले गाउँपालिका अब आत्मनिर्भर हुनुपर्ने र आफ्नो जिविको पार्जन र बासको लागि जग्गा उपलब्ध गराउन गाउँपालिका तत्पर रहेको कुरा उल्लेख गरे ।

Advertisement

राष्ट्रिय भुमि आयोग,अन्नपूर्ण गाउँपालिका इकाईका फोकल पर्सन प्रभात पौडेल गाउँपालिकाले‌ हालसम्म गरेको प्रगति र अबको कार्ययोजना र कार्यदिशा प्रस्ट पारे। साथै उनले पालिकाले छिट्टै सबै वडामा निस्सा वितरण कार्यसकि कार्यपालिकामा पेश गर्ने बताए ।

वडाध्यक्ष हिमबहादुर गुरुङले जनताको समस्या र हाल आयोगले दिएको राहतको वारेमा जानकारी दिए । उनले संरक्षण क्षेत्रमा भएका कारणले हामिले जान नपाउने‌ र साथै यहाँका जनता संरक्षण क्षेत्र घोषणा हुन पुर्व नै बसोबास गरेकाले सरकाले जग्गा उपलब्ध गराउने बारे विस्वस्त रहेको समेत जानकारी गराए । कार्यक्रम संचालन फोकल पर्सन प्रभात पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया