लेकसिटी र गोल्डेनगेट कलेजका विद्यार्थीबिच अन्तर्क्रिया

समाधान संवाददाता २०७९ साउन २८ गते १८:२३

स्मृति काफ्ले पोखरा ।
पोखरा ०४ गैह्रापाटनको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा गोल्डेनगेट इन्टरनेसनल कलेज काठमाडौंमा सामाजिक कार्य अध्यनरत विद्यार्थीबिच भेटघाट तथा अन्तर्क्रिया भएको छ ।

स्नातक तह सामाजिक कार्य अध्ययन गर्ने गोल्डेनगेटका विद्यार्थी प्रयोगात्मक अभ्यास भ्रमणका लागि पोखरा आएका थिए । त्यसै क्रममा लेकसिटी कलेजमा सामाजिक कार्य अध्यनरत गर्ने विद्यार्थीसँग उनीहरुले अनुभव आदानप्रदान गरेका हुन् ।


गोल्डेनगेट कलेजका लेक्चरर साथै फिल्ड सुपरभाइजर सरिता सापकोटा र सुस्मा गिरीले विद्यार्थीहरु लिएर पोखरा आएका थिए । उक्त टिम पोखरा प्रवेश गरे सँगै लेकसिटी कलेजकी लेक्चरर साथै सामाजिक कार्य फिल्ड सुपरभाइजर रोशिना कुँवरले उनीहरुलाई सहजीकरण गरेकी थिइन् ।

Advertisement


सामाजिक कार्य अध्ययन गर्ने दुई कलेज बिचको भेटघाटमा विद्यार्थीहरुले विभिन्न कार्यक्रम गरे । मनोरञ्जनका खे हरु, सोसियल म्यापिङ गरेर पोखराका विभिन्न ठाउँको जानकारी दिने र लिने पनि गरेका थिए । लेकसिटी कलेजमा सामाजिक कार्य अध्ययन गर्ने स्नातक तह पहिलो, दोस्रो र तेस्रो वर्षका विध्यार्थीले सामाजिक कार्य पढिरहँदा र यसलाई प्राक्टिकल्ली रुपमा फिल्डमा काम गर्दाका आफ्ना कार्य र अनुभव सुनाए ।


लेकसिटीमा केही कार्यक्रमहरु सकेपछि गोल्डेनगेटका विद्यार्थी ‘गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान’ को कार्यालय नदीपुर पुगेर त्यहाँको बारेमा जानकारी लिएका थिए । लगत्तै उनीहरु कास्की जिल्ला प्रशासन कार्यालयमा पनि पुगी त्यहाँबाट थुप्रै जानकारी लिए ।

Advertisement


प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले विद्यार्थीहरुका जिज्ञासाका जवाफ दिए । पोखरामा हुने कार्यहरु, आफ्नो कर्तव्य र समस्या हरुलाई समाधान गर्दै आफ्नो जिम्मेवारी पूरा गरिरहेको उनीहरुले बताए ।


आगामी दिनहरुमा पनि कमी कमजोरी नियाल्दै जनतालाई सहज हुने गरी कार्यहरु गर्ने र काम गरिरहँदा आउने चुनौती हरुको बारेमा पनि जानकारी दिएका थिए । ‘अबका दिनहरुमा युवाहरु सँग सहकार्य गर्दै युवा पुस्ताको लागि विभिन्न अवसर हरु जुटाउने छौँ,’ प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने ।


दुबै कलेजका विद्यार्थीबिच यस्तै कार्यक्रमहरु गर्दा ज्ञानको दायरा बढ्ने विचार विद्यार्थीहरुले राखेका थिए । गोल्डेनगेट कलेजकी लेक्चरर सरिता सापकोटाले छोटो समयमै विद्यार्थीबिच आत्मीयता बढेको सुनाइन् ।

तपाईको प्रतिक्रिया