वैदेशिक रोजगारबारे छलफल
पोखरा l
पोखरा महानगरपालिका वडा नं २९ मा सुरक्षित आप्रवासन तथा वैदेशिक रोजगारसम्बन्धी शनिबार अन्तरक्रिया भएको छ । कार्यक्रममा पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुडले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी दीपशिखा पुस्तकालयले रिड नेपाल र दियो परियोजनाको सम्वन्यमा गरेका कार्यको प्रशंसा गरिन् ।
उनले वैदेशिक रोजगारमा जानेहरु रहर, बाध्यता, लहै लहै जसरी गए पनि उनीहरुलाई परेका समस्यामा सहयोग गर्नुपर्ने बताइन् । संस्थाका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरका वडा नं २, ३, ४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नं वडाका वडाध्यक्षले आआफना वडामा भए गरेका कामको जानकारी दिए ।
वडाध्यक्षहरुले वैदेशिक रोजगारसम्बन्धी समस्यामा वडाको तर्फबाट अझै पहलकदमी लिने प्रतिवद्धता जनाए । इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाक प्रहरीचौकीका इन्चार्ज प्रकाश दहालले वैदेशिक रोजगारीमा जनेलाई सचेतना आवश्यक रहेको जनाए । उनले मानव तस्करी, ठगी जस्ता अपराध रोक्न सचेतान जरुरी भएको औंल्याए ।
पत्रकार परशुराम शर्माले समाजमा वैदेशिक रोजगारबाट फर्केका मानिस कसरी कुन अवस्थामा गुजिरहेका छन्, त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले अध्ययन केन्द्रको अलावा लाइब्रेरीले सिकाईका विविध पाटोलाई समेटेकोमा खुसी व्यक्त गरे ।
कार्यपालिका सदस्य निर्मला पौडेल, कार्यक्रम संयोजक माधव भण्डारी, रिड नेपालका साजन थापा, दीपशिखा पुस्तकालयका सचिव पदमप्रसाद अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव उपेन्द्र सुवेदी, कार्यपालिका सदस्य निर्मल दियाली, पूर्व वडाध्यक्ष चेतबहादुर गुरुङ, पुस्तकालयकी धनु पहारी, दीपशिखा महिला सहकारीकी अध्यक्ष गोमा आचार्य लगायतले कार्यक्रममा बोलेका थिए ।
तपाईको प्रतिक्रिया