पात्ले युवा क्लबकाे अध्यक्षमा विष्णु

समाधान संवाददाता २०७९ साउन २९ गते १२:५०

पोखरा ।
पात्ले युवा क्लबको प्रथम साधरण सभा तथा अधिवेशनले विष्णुप्रसाद गौतम ‘कमल’ को अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । उपाध्यक्षमा हरिदत्त बास्तोला, सचिव नबराज बास्तोला, सहसचिव कुमार गौतम र कोषाध्यक्ष केशवराज बास्तोला छन् ।
सदस्यमा शंकर बास्तोला, सन्दीप केसी, विजय गौतम, संगिता बास्तोला, बिन्दु बास्तोला र हेमराज बास्तोला चुनिएका छन् ।

लेखा उपसमिति संयोजकमा कृष्णप्रसाद बास्तोला र सदस्यमा यमुना गौतम र सुदीप गौतम निर्वाचित भएका छन् । सो अवसरमा भएको रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ । क्लबका अध्यक्ष विष्णुप्रसाद गौतम कमलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, नवराज बास्तोला र निर्वाचन उपसमिति संयोजक बलराम गौतमले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया