आदर्श क्लबमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ साउन २९ गते १३:१९

लेखनाथ ।

खेलकुदको क्षेत्रलाई पहिलो प्रथामिकता दिदैं सामाजिक क्षेत्रमा समर्पित पोखरा २९ को आदर्श युवा क्लबले नयाँ नेतृत्व पाएको छ । यस भन्दा अघिका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी वि स २०७७ सालमा सडक दुर्घटनमा परि लामो समय देखि सुसुप्त अवस्थामा रहेको क्लवको शनिबार सम्पन्न २५ औं साधारण सभा तथा १२ अधिबेशनले अध्यक्षमा पदम गुरूङलाई निर्वाचित गरेको हो ।

निर्वतमान अध्यक्ष भण्डारी विरामी भएपछि बिशेष भेलाबाट पुर्व अध्यक्ष विशाल श्रेष्ठलाई संयोजक बनाएको थियो । संयोजक श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले सचिव पदमा रहेर काम गर्दै आएका पदम गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

Advertisement

पदाधिकरीमा सर्वसम्वत भएको समितिको उपाध्यक्षमा लक्ष्मण सुनार,सचिवमा ओमप्रकाश गुरुङ, सहसचिवमा लक्की पुन र कोषाध्यक्षमा उद्धव गिरी चयन भएका छन् । यसैगरि नवगठित समितिको सदस्यहरुमा भएको निर्वाचनबाट सन्तोष गुरूङ, विज्ञान भण्डारी,विवेक गुरूङ, सुवास तामाङ र कुशल गुरूङ निर्वाचित भएका हुन् ।

निर्बाचित पदाधिकारीलाई पोखरा महानगर पालिका २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ ,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर अत्रेय, संस्थापक अध्यक्ष चेत बहादुर गुरुङ र पूर्व अध्यक्ष विजय गुरुङ लगाएतले शुभकामना दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया