आदर्श क्लबमा नयाँ नेतृत्व

लेखनाथ ।
खेलकुदको क्षेत्रलाई पहिलो प्रथामिकता दिदैं सामाजिक क्षेत्रमा समर्पित पोखरा २९ को आदर्श युवा क्लबले नयाँ नेतृत्व पाएको छ । यस भन्दा अघिका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी वि स २०७७ सालमा सडक दुर्घटनमा परि लामो समय देखि सुसुप्त अवस्थामा रहेको क्लवको शनिबार सम्पन्न २५ औं साधारण सभा तथा १२ अधिबेशनले अध्यक्षमा पदम गुरूङलाई निर्वाचित गरेको हो ।
निर्वतमान अध्यक्ष भण्डारी विरामी भएपछि बिशेष भेलाबाट पुर्व अध्यक्ष विशाल श्रेष्ठलाई संयोजक बनाएको थियो । संयोजक श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनले सचिव पदमा रहेर काम गर्दै आएका पदम गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।
पदाधिकरीमा सर्वसम्वत भएको समितिको उपाध्यक्षमा लक्ष्मण सुनार,सचिवमा ओमप्रकाश गुरुङ, सहसचिवमा लक्की पुन र कोषाध्यक्षमा उद्धव गिरी चयन भएका छन् । यसैगरि नवगठित समितिको सदस्यहरुमा भएको निर्वाचनबाट सन्तोष गुरूङ, विज्ञान भण्डारी,विवेक गुरूङ, सुवास तामाङ र कुशल गुरूङ निर्वाचित भएका हुन् ।
निर्बाचित पदाधिकारीलाई पोखरा महानगर पालिका २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ ,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर अत्रेय, संस्थापक अध्यक्ष चेत बहादुर गुरुङ र पूर्व अध्यक्ष विजय गुरुङ लगाएतले शुभकामना दिएका थिए ।








चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया