पाेखरा महानगरका शैक्षिक संस्थामा ३१ गते बिदा

समाधान संवाददाता २०७९ साउन २९ गते १७:१४

पोखरा ।
पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा साउन ३१ गते स्थानीय बिदा दिएको छ । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा निजी विद्यालय एवम मन्टेश्वरीमा समेत स्थानीय बिदा दिएको हो ।

वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले जानकारी दिए । गुरुङ समुदायले साउन महिनाको अन्तिम मङ्गलवार र चैत्र महिनाको अन्तिम मङ्गलवार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे मनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया