
पोखरा l
पोखरामा प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता भदौमा हुने भएको छ । डेभिज स्नुकर क्लबको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, पोखरा महानगरपालिका खेलकुद विकास समिति, नेपाल विलियार्डस् स्नुकर तथा पुल संघ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको सहयोगमा भदौ १२ देखि १९ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
आयोजक डेभिज स्नुकर क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै भौगोलिक तथा आर्थिक रुपले सुहाउँदो विलियार्ड, स्नुकर खेललाई नगर, क्षेत्र, जिल्ला र राष्ट्रसम्म पुर्याउने उद्देश्य प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।आन्तरिक तथा वाह्य पर्यटनलाई आकर्षित गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने क्लबको सञ्चालक तथा प्रतियोगिता संयोजक शंकर गुरुङले बताए । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नारी सहित आयोजना गरिएका उक्त प्रतियोगिताको विजेतालाई नगद १ लाख ५१ हजार १११ सहित सिल्ड, मेडल र प्रमाण पत्र हात पार्नेछ ।
उपविजेताले नगद ७१ हजार १११ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनलिस्ट २ जनाले नगद ११ हजार १११ सहित शिल्ड र प्रमाण पत्र पाउनेछन् । हाइयस्ट ब्रेकरलाई २१ हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल पोखरा महानगरपालिका ८ स्थित डेभिज स्नुकर क्लबमा सञ्चालन हुनेछन् । प्रतियोगिताबाट नयाँ प्रतिभाशाली खेलाडीहरु उत्पादन गरी जिल्ला र राष्ट्रमा विलियार्ड, स्नुकर खेलको रौनक बढाउने उद्देश्य राखिएको प्रतियोगिता संयोजक गुरुङले बताए ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया