दराजमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा छुट

पोखरा ।
नेपालको अनलाइन बजार दराजले सोमबारदेखि दराज मल फेस्ट सुरू गर्दै छ । यस अभियानले दराज मलमार्फत दराजका ग्राहकलाई प्रिमियम सपिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । एड टु कार्ट एन्ड विन, ७ हजारसम्मका भाउचर, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, सेक सेक र वाल अफ फेम यस अभियानका मुख्य विशेषता हुन् ।
दराज मलमा सोनी, सामसुङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्नका साथै ५ सय भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामान पाइन्छन् । शत प्रतिशत प्रमाणिक उत्पादन र १४ दिन फिर्ता नीतिसँग दराज मलले ग्राहकलाई किनमेलको फरक अनुभव दिन्छ । विगतमा जस्तै, ग्राहकले दराज मल फेस्टमा बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा थप १५ प्रतिशत वा ७ सय ५० रुपैयाँसम्म छुट पाउने कम्पनीले बताएको छ ।
बैंक डेज अफरमा मंगलबार ग्लोबल आइएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत वा ७ सय ५० सम्मको छुट/डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५ सय रुपैयाँसम्म) पाइन्छ । बिहीबार मेगा बैंकबाट क्रेडिट/कार्ड भुक्तानीमा १५ प्रतिशत छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत (५ सय रुपैयाँसम्म) दिइन्छ । यस्तै, शुक्रबार नबिल बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५ सय रुपैयाँ) छुट दिइने कम्पनीले जनाएको छ ।
शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५ सय रुपैयाँ) दिइनेछ ।
पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १० प्रतिशत (अधिकतम ५ सयसम्म) को अतिरिक्त प्रि–पेमेन्ट छुट प्राप्त पाउने छन् । दराजमा किनमेल गर्ने र ई–सेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत वा अधिकतम ३ सय ५० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया