खानेपानीमा ग्राहक सन्तुष्टि सर्वेक्षण प्रभावकारी

समाधान संवाददाता २०७९ साउन ३० गते १३:१४

पोखरा ।
नेपाल खानेपानी संस्थान पोखरा शाखामा आवद्ध ग्राहकको सन्तुष्टि सर्वेक्षण प्रभावकारी भएको बताइएको छ । सहरी क्षेत्रमा खानेपानी आपूर्ति सुधारका लागि संस्थानको क्षमता अभिवृद्धि परियोजना अन्तर्गत जापानिज सहयोग नियोग जाइकाको सहयोगमा आइतबार पोखरामा भएको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् ।

Advertisement

कार्यक्रममा नेपाल खानेपानी संस्थान संस्थागत सेवा महाशाखाका प्रमुख एवं परियोजनाका प्रोजक्ट म्यानेजर त्रिदीपकुमार श्रेष्ठले समय अनुसार परिवर्तित विषय र चाहना अनुरुप जाइकाले खानेपानी क्षेत्रमा ठूलो सहयोग गरेको बताए । परिवर्तनलाई दिगो र संस्थागत गर्न जापान र जाइकाको टिमले गरेको सहयोगको प्रशंसा गर्दै संस्थागत महाशाखा प्रमुख श्रेष्ठले उपभोक्तालाई दिने सन्तुष्टि नै संस्थानको सेवा हुने बताए ।

निमित्त महाप्रबन्धकसमेत रहेका श्रेष्ठले आगामी दिनमा थप योजनामार्फत खानेपानी संस्थान र जाइकाबीच थप सम्झौता र सेवाप्रदायक संस्था खानेपानी संस्थानलाई बलियो बनाउने अभियानमा क्रियाशील हुने जनाए । परियोजनाका डिपुटी म्यानेजर तथा नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख आशीष कार्कीले सहरी क्षेत्रमा खानेपानीको क्षमता अभिवृद्धि जरुरी भएको बताए ।

Advertisement

प्रमुख कार्कीले अन्तक्र्रियात्मक शैलीमा जाइकाको तर्फबाट आएको सल्लाह तथा सुझावलाई संस्थागत गर्दै संस्थान सकारात्मक कार्यमा अघि बढ्ने जनाए । जाइका परियोजनाका चिफ एडभाइजर डा यासुको कामेगाइले ग्राहक सन्तुष्टि सर्वेक्षण नतिजाले नेपाल खानेपानी संस्थान पोखरा शाखा सुधारको लागि आवश्यक योजना निर्माण गर्न सघाउने उल्लेख गरे ।

कार्यक्रममा नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाका कार्यालय प्रमुख ई. निरण महर्जनले आय नभएको र सामाजिक सर्वेले मात्र सफलता नहुने बताए । उनले टेस्ट गर्ने प्रविधिमार्फत अघि बढ्न सुझाव दिँदै टेक्निकल सर्भेलाई प्राथमिकता दिन सक्नुपर्ने धारणा राखे । छलफलमा जाइका टोलीका डिपुटी चिफ एडभाइजर कोजी नाइतो, वितरण प्रणाली विज्ञ हाडा सान, जाइका टोलीकाका सहजकर्ता ई. दीपक सुवेदी लगायतले बोलेका थिए ।

Advertisement

भच्र्युअलसमेत भएको छलफलमा खानेपानी संस्थानका विभिन्न शाखा कार्यालयका प्रमुखहरु ई. शैलेन्द्रकुमार साह, ई. मोहनदत्त भट्ट, ई. राकेश गोइत, अजयकुमार शाह, हरिकुमार श्रेष्ठ, संगिता थापा, लक्ष्मी झा, गोविन्द शाह लगायतले भाग लिएको संस्थानाका विष्णुप्रसाद रेग्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया