स्वतन्त्र पार्टी आँधीखोलाकाे सभापतिमा भेषराज

समाधान संवाददाता २०७९ साउन ३० गते १३:२१

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी आँधीखोला गाउँपालिका स्याङ्जाको सभापतिमा भेषराज पौडेल चयन भएका छन् । शनिबार आयोजित भेलाले पौडेलको नेतृत्वमा सर्वसम्मत समिति चुनेको हो । भेलाले गाउँपालिकाका वडाहरुको समेत नेतृत्व छानेको छ । देशले सोजस्तो विकासको फड्को नमार्नुमा पुराना दलको उदासिनता प्रमुख कारक रहेको पौडेलले बताए ।

उनले अहिले जनतालाई अनावश्यक कर थुपारेर आहात बनाइएकाले त्यसलाई चिर्न राजनीतिमा लागेको उनको भनाइ छ । ‘युव मिलेर आँधिखोला गाउँपालिकाको मुहार फेर्नुपर्छ । म राजनीतिमा प्रवेश गर्नुको कारण समाज रुपान्तरणका लागि हो,’ उनले भने ।

कार्यक्रममा शिव पौडेल, रामप्रसाद ढकाल, रमेश लामिछाने, रामकृष्ण पौडेल, नरबहादुर रानाभाट, हरिप्रसाद पौडेल, दीपेन्द्र क्षेत्री, भीमबहादुर क्षेत्री लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया