मासबार आमा समूहमा शारदा
पोखरा l
पोखरा ७ स्थित मासबार आमा समूहको २६ औं साधारण सभा तथा १३ औं अधिवेशन भएको छ । अधिवेशनले शारदा गिरीको अध्यक्षतामा २५ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा कृष्णकुमारी बराल, सचिवमा लक्ष्मी बराल, सहसचिवमा सावित्री पहारी बराल, कोषाध्यक्षमा लक्ष्मी घिमिरे, सदस्यहरुमा खिममाया अधिकारी, मीना बराल, प्रमिला बराल, सुलोचना बराल, इन्दिरा बराल, लक्ष्मी बराल (तोफु), सरस्वती केसी, मैया घिमिरे, बिना पौडेल, तुलसी शर्मा, पिङगला भट्ट, जमुना पराजुली, शोभा बराल, भवानी बराल, लिला बराल, दुर्गा पराजुली बराल, राधा बराल, लाक्ष्मी बराल (न्वारथोक) र शान्ति बराल छन् ।
त्यसअघि कार्यक्रम उद्घाटन सत्रमा गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले मासबार आमा समूहले सामाजिक कार्य, राजनीति र उत्पादन क्षेत्रमा महिला दिदीबहिनीलाई जोड्न सकेको बताइन् । आफू पनि सोही संस्थाको सदस्य हुनुमा गर्व महसुस हुने गरेको उनले सुनाइन् । उनले २६ वर्षको इतिहास बोकेको आमा समूहलाई थप जागरुक भएर लाग्न उनको आग्रह थियो ।
पोखरा महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राममोहन आचार्यले जनप्रतिनिधि भइसकेपछि आफू सबैको साझा भएको बताए । मासबार आमा समूह लगायत वडा नम्बर ७ मा रहेका सम्पूर्ण सामाजिक संस्थासँग साथ, सहयोग र सल्लाह आदानप्रदान गर्दै समग्र वडाको विकासमा लाग्ने प्रतिबद्घता वडाध्यक्ष आचार्यले जनाए ।
वडा नम्बर ७ का महिला सदस्य बसुन्धरा लामिछाने, नेपाली कांग्रेस पोखरा ७ का इकाइ सभापति नवीन बराल, नेकपा एमाले पोखरा ७ का अध्यक्ष किशोर बराल, मासबार आमा समूहका सल्लाहकार तेजनारायण अधिकारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ का सभापति भोजराज बराल, रेडियो सफलताका स्टेसन म्यानेजर मधु अधिकारी, महिला क्लब पोखराका अध्यक्ष मिना आचार्य बराल, महिला विकासका लागि आमा समूहका अध्यक्ष तुलसी बराल, घारीपाटा आमा समुहका अध्यक्ष पवित्रा जिसी, हरियाली कृषक समुहका अध्यक्ष नीरा बराल, क्रियाशील महिला कृषि सहकारीका अध्यक्ष मनमाया बराल, किसान जागरण बहुउद्देस्यीय सहकारीका अध्यक्ष मोतीराम बराल लगायतले शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संस्थालाई योगदान पुर्याउने आमाहरु सावित्रा बराल, मैन गिरी, सरस्वती बराल, मायादेवी बराल, नारायणी सुवेदी, खड्गकुमारी बरालका साथै मासबार आमा समूहका संस्थापक अध्यक्ष कमलादेवी बराललाई सम्मान गरिएको थियो । सस्थाका अध्यक्ष टीकादेवी अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमारी बराल र सञ्चालन सचिव शारदा गिरीले गरेका थिए ।
तपाईको प्रतिक्रिया